Logo
Logo

इङ्ग्ल्यान्ड फिफा विश्वकपमा छनोट


441
Shares

काठमाण्डौं । इङ्ग्ल्यान्ड सन् २०२२ को फिफा विश्व कप फुटबलमा छनोट भएको छ । गएराति भएको खेलमा सान मारिनोलाई १०–० हराउँदै इङ्ग्ल्यान्डले कतारमा हुने विश्व कपमा स्थान सुरक्षित गरेको हो ।

सान मारिनोको पोष्टमा १० गोल हान्ने क्रममा इङ्ग्ल्यान्डका ह्यारी केनले पेनाल्टीमा दुईसहित चार गोल गरे । इङ्ग्ल्यान्डले सन् १९६४ यता पहिलो पटक दोहोरो अङ्कमा गोल प्रहार गर्न पनि सफल भएको छ । हिजोको चार गोलसहित इङ्ग्ल्यान्डका ह्यारी केनले ४८ गोल गर्दै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको तेस्रो स्थानमा पुगेका छन् ।

इङ्ग्ल्यान्डमा ह्यारी केनभन्दा अघि रहेका वाइनी रुनी र सर बबी चाल्टनले ५३ गोल गरेका छन् । विश्व कप छनोट अन्तर्गत गएराति भएका अन्य खेलमा इटली र नर्दन आयरल्यान्डले गोलरहित बराबरी खेलेका छन् ।

यो बराबरीपछि इटली सिधै विश्व कपमा छनोट हुन असफल भएको छ । उसले अब अर्को वर्ष हुने प्ले अफ खेल्नुपर्नेछ । यस्तै गएराति भएका अन्य खेलमा स्कटल्यान्डले डेनमार्कलाई, स्वीट्जरल्यान्डले बुल्गेरियालाई, अष्ट्रियाले माल्दोभालाई, इजरायलले फारोस आइसल्यान्डलाई, अल्बानियाले एन्डोरालाई र हङ्गेरीले पोल्यान्डलाई हराएका छन् ।

प्रतिक्रिया दिनुहोस्