काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको सेवालाई सक्षम र स्वच्छ बनाउन सुझाव दिएको छ । सोमबार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई आफ्नो ३१ औं प्रतिवेदन बुझाउँदै उसले प्रहरी सेवामा सुधार गर्न सरकारलाई सुझाव दिएको हो । प्रहरी सेवामा राजनीतिकरणका कारण पछिल्लो समय आकर्षण घटेको छ भने कर्मचारीमा पनि नैराश्यता बढेको छ ।
त्यस्तै प्रहरी कल्याण कोषको दुरुपयोग रोकेर कल्याणमा काममा परिचालन गर्न पनि सुझाव दिएको छ ।
प्रहरीसम्बन्धि आयोगका सुझावमा भनिएको छ–
१. प्रहरी सेवालाई सक्षम, स्वच्छ, विश्वसनिय र आकर्षक सेवामा रुपान्तरण गर्ने
२.सुरक्षा निकायका कल्याणकारी कोषलाई कर्मचारी परिवारको हित तथा कल्याणका कार्यमा मात्र परिचालन गर्ने र कोषको दुरुपयोग नियन्त्रण गर्ने व्यवस्थाका लागि कानून तथा कार्यविधिमा आवश्यक सुधार गरी लागू गर्ने ।