Logo
Logo

प्रहरीमा इन्सपेक्टरको काज आतंक


174.4k
Shares


काठमाडौं ।
साउनमै हुनुपर्ने इन्सपेक्टरको सरुवा अझै हुन सकेको छैन । नियमित सरुवा रोकेर गृह मन्त्रालयको दबाबमा प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा काज सरुवा गरेको छ ।


केही महत्वपूर्ण कार्यालयको इन्चार्ज फेर्ने गरी काज सरुवा भएको छ । जसअनुसार बुढानिकलण्ठ प्रभावमा अनिल ठकुरीलाई पठाइएको छ ।
रुपन्देहीको इलाका प्रहरी कार्यालय, मर्चवारमा प्रहरी निरीक्षक तेजबहादुर खत्री सशस्त्र प्रहरी गण, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक राजाराम यादव इलाका प्रहरी कार्यालय, रुद्रपुर, रुपन्देही, जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक केशव केसी जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देही पठाइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक जीवन लामिछाने इलाका प्रहरी कार्यालय, रन्यौरा, संघीय प्रहरी इकाइ कार्यालय, पोखरामा कार्यरत निरीक्षक युवराज अंग कार्की इलाका प्रहरी कार्यालय, लुम्बिनी, रुपन्देहीमा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीमा कार्यरत प्रहरी निरीक्षक नवीनकुमार थापा क्षेत्रीले इलाका प्रहरी कार्यालय, छपिया, रुपन्देहीको इन्चार्ज पाएका छन् भने धादिङको खानीखोलामा अपूर्व ढुंगानाको काज सरुवा भएको छ । यसअघि चलखेलकै आधारमा इन्सपेक्टर ऐनबहादुर मल्ललाई जिल्ला ट्राफिक कार्याल्य बाँकेमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्