Logo
Logo

लुम्बिनी प्रदेशका डिआइजी पाँच महिनामै हटाइए


12.6k
Shares


काठमाडौं । लुम्बिनी प्रदेशका प्रहरी प्रमुखलाई गृह मन्त्रालयले पाँच महिनामै हटाएको छ । डिआइजी मुकुन्द आचार्यको शनिबार काज सरुवा भएको हो ।


उनलाई त्यहाँबाट लागू औषध नियन्त्रण ब्यूरोमा सरुवा गरिएको छ । लुम्बिनी प्रदेशमा डिआइजी प्रकाश अधिकारीको सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खाणका अनावश्यक दबाब नमानेपछि उनलाई हटाइएको स्रोत बताउँछ ।

कांग्रेस नेता देवेन्द्रराज कँडेल तीन महिनादेखि नै उनलाई हटाउन सक्रिय भएका थिए ।


त्यस्तै, सचिवालयमा रहेका डिआइजी बसन्त लामालाई प्रबन्धमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्