काठमाडौं । नेपाल प्रहरीमा फेरि पनि जुनियर एआइजीले निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका छन् । प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्री टर्की एआइजी निरज शाहीलाई निमित्तको जिम्मेवारी दिएर टर्की यात्रामा निस्किएका छन् ।
सिनियर एआइजी हरिबहादुर पालले यसपटक पनि निमित्तको जिम्मेवारी पाएनन् । गृह मन्त्रालयले उनलाई निमित्त नदिन प्रहरी महानिरीक्षकलाई भनेको थियो । गृहमन्त्री बालकृष्ण खाण र एआइजी पालबीच विवाद बढेको छ ।
भारत भ्रमणमा जाँदा उनले एआइजी प्रद्युम्न कार्कीलाई निमित्त दिएका थिए। हाल टर्की भ्रमणमा एआइजी काकी पनि सँगै छन् । इन्टरपोलको महासभामा भाग लिन महानिरीक्षक थापा नेतृत्वको टोली टर्की गएको हो ।