Logo
Logo

लाइसेन्समा सेटिङ, इन्सपेक्टरदेखि यातायात प्रमुखसम्मको मिलमेतो


102.6k
Shares


नेपालगञ्ज। यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा खुलेआम रुपमा सेटिङमा लाइसेन्सको खरिदबिक्रि हुन थालेको छ । ८ हजारदेखि ५० हजारसम्म लिएर ट्रायलमा फेल भएकालाई पनि उत्तिर्ण गराउन थालिएको छ ।


यातायात व्यवस्था कार्यालयका प्रमुख पुरुषोत्तम पौडेल र जिल्ला ट्राफि कार्यालय बाँकेका प्रमुख इन्सपेक्टर ऐनबहादुर मल्लको मिलेमतोमा सेटिङ सुरु भएको हो ।


बाँकेमा हाल र्दैनिक मोटरसाइकलको एक हजार पाँच सय तथा गाडीको चार सय ट्रायल हुने गरेको छन्। दैनिक दुइ सय जनासम्मलाई सेटिङमा पास गराउने गरिएको स्रोत बताउँछ । कोहलपुरका ड्राइभिङ सेन्टरका सञ्चालक माधव ज्ञवालीमार्फत यसरी सेटिङ हुने गरेको हो । यातायात कार्यालयका अर्का कर्मचारी केशब घिमिरे समेत यसमा मिलेका छन् ।


यसअघि पनि लाइसेन्स बिक्रिको आरोपमा यहाँका १४ जना कर्मचारी कारबाहीमा परेका थिए । अहिले लाइसेन्सको ट्रायल खुलेलगत्तै फेरि सेटिङमा धन्दा सुरु भएको छ ।


यसमा इन्सपेक्टरको मल्लको पनि चासो छ । रकम बुझाएर गत महिना मात्र बाँके गएका उनी खर्च उठाउन भन्दै पछिल्लो समय सेटिङमा लागेका छन् । आफ्ना विश्वासपात्र ट्राफिकलाई मात्र उनले ट्रायलमा पठाउने गरेका छन् । हालै डिएसपीमा बढुवा सिफारिस भएका एक हप्ता मात्र बाँकेमा हुने भएकाले यही अवधिमा उनले सेटिङ धन्दा सुरु गरेका हुन् । अख्तियारलाई समेत छल्ने गरी यस्तो धन्दा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्