Logo
Logo

नेपाल संवत् पृष्ठभूमिलाई वैज्ञानिकता दिने प्रयास


- श्याम रिमाल

0
Shares

– श्याम रिमाल

कृष्णसुन्दर मल्ल अर्थात् मल्ल के सुन्दरलाई राजनीतिकर्मी, जातीय तथा सांस्कृतिक¬भाषिक आन्दोलनकर्मी र लेखकपत्रकारका रुपमा धेरैले चिनेका छन् । उनको साहित्यिक व्यक्तित्वको पाटो पनि छ । जसबारे कमैलाई थाहा होला । उनका तीन उपन्यास(नसना, वँ लपुः थ्वपला अर्थात् यो बाटो त्यो पाइला र द पोष्टर) र एक यात्रासंस्मरण(लुमन्ति किचः अर्थात् सम्झनाको छाया) गरी चार साहित्यिक कृति प्रकाशन भइसकेको छ भने गत साल शङ्खधर उपन्यास नेवारी भाषामा प्रकाशन भयो । त्यसैको नेपाली अनुवाद पनि हालै प्रकाशन(राष्ट्रिय विभूति शङ्खधर साख्वाःप्रतिष्ठान,२०७५)मा आएको छ ।

बालुवाबाट सुन बन्ने कुरा वैज्ञानिकतामा विश्वास गर्ने व्यक्तिले नपत्याउने भएकाले लेखक मल्लले त्यसलाई चलाखीपूर्वक वैज्ञानिकता दिने प्रयास गरेका छन् । व्यापारी शङ्खधरका बाबु ल्हासामा व्यापार गर्ने भएकाले शङ्खधर पनि व्यापारी भएको र उनले लखुतीर्थमा ज्यामीहरु लगाई नदीको बालुवा चालेर सुनका कण जम्मा गरी सोही सुन नेपालमण्डलका ऋणीहरुको ऋणमुक्त गर्न प्रयोग गरेको कुरा उपन्यासमा देखाएर लेखकले नेपाल संवत्को आभिर्भावलाई सहज रुपमा देखाएका छन् ।

राजनीतिक र अन्य आन्दोलनमा लाग्ने व्यक्तिहरुले साहित्यिक ऐतिहासिक कृति जस्तो लेख्नका लागि एकान्त र पायक पर्ने समय पाउनु दुर्लभ हुन्छ । तथापि, पुष्पलाल, बिपी, मोदनाथ प्रश्रित, प्रदीप नेपाल, प्रदीप गिरी, नरहरि आचार्य, बलदेव मजगैयाँजस्ता व्यक्तित्वले लेखनलाई अघि बढाएकै थिए र छन् । मल्लले नेपाल संवत्सँग सम्बन्धित विषयलाई औपन्यासिक रुप दिएर साख्वा सो संवत्का प्रवत्र्तक भएको कुरालाई पुनर्पुष्टि गर्न खोजेका छन् । मानदेव चौथो(इसं ८७७)पछि विसंको १० औँ शताब्दी अर्थात् ९३७(सन् ८७९ अक्टोबर २० कात्तिक शुक्ल प्रतिपदामा वैश्य ठकुरीकाल(मध्यकाल)का राघवदेवका पालामा भएको सो घटना साख्वाले ऋणदातालाई आफूले जम्मा गरेको सुन दिएर ऋणीलाई ऋणमुक्त बनाएको कुरा वैज्ञानिक ढङ्गले पुष्टि गर्ने प्रयत्न गरेका छन् ।

धेरैजसो लेखकले सुवर्णकालमा विष्णुमती र भद्रमतीको दोभान लखुतीर्थमा उठाइएको बालुवा सुनमा परिणत हुने भनी ज्योतिषीले भनेपछि भक्तपुरबाट आएका भरियाहरुले बोकेको बालुवा आफूले खन्याउन लगाई चौथो दिन सुन प्राप्त गरेका व्यापारी शङ्खधरले लोककल्याणका लागि जनताका ऋण सोही सुनबाट तिरिदिएको र राजासँग स्वीकृति लिई नेपाल संवत् चलाई पशुपतिनाथलाई चढाएको किंवदन्ती नै पढ्न पाइन्छ । बालुवाबाट सुन बन्ने कुरा वैज्ञानिकतामा विश्वास गर्ने व्यक्तिले नपत्याउने भएकाले लेखक मल्लले त्यसलाई चलाखीपूर्वक वैज्ञानिकता दिने प्रयास गरेका छन् । व्यापारी शङ्खधरका बाबु ल्हासामा व्यापार गर्ने भएकाले शङ्खधर पनि व्यापारी भएको र उनले लखुतीर्थमा ज्यामीहरु लगाई नदीको बालुवा चालेर सुनका कण जम्मा गरी सोही सुन नेपालमण्डलका ऋणीहरुको ऋणमुक्त गर्न प्रयोग गरेको कुरा उपन्यासमा देखाएर लेखकले नेपाल संवत्को आभिर्भावलाई सहज रुपमा देखाएका छन् । ऋणीहरु मुक्त भएको खुशीयालीमा आफ्नै देशको नामबाट नेपाल संवत् राख्ने प्रस्ताव राजासँग राखेको र राजाले अनुमति दिएको कुरा पनि कृतिमा उल्लेख गरिएको छ । यस्तो समाजसेवा गर्न शङ्खधरलाई पशुपति नजीक ध्यानस्थ बौद्धमार्गी महासिद्ध नारोपादले “तिमी अरुको दुःखलाई पनि आफ्नै दुःख अनुभूत गर” भनी सल्लाह दिएका थिए । र यी काम आनन्द मल्ल कि राघवदेवका पालामा भन्ने सन्देह हटाई उनले राघवदेवकै पालाको भनी ठोकुवा गरेका छन् ।

लेखकले दरबारमा हुने हिंसा, हत्या, षडयन्त्र र द्वन्द्व, राजद्रोहीलाई काटेर दण्ड दिइने प्रथा आदिबारे उल्लेख गरी तत्कालीन राजनीतिक परिस्थितिको चित्रण गर्न सकेका छन् । उनले राजद्रोहीलाई हतियारले काटी दिइएको दण्ड, हाँडीगाउँको गहना खोज्ने जात्रा र त्यहाँ भएको आगलागीको मिहीन ढङ्गले वर्णन गरेका छन् । शहर इलाछेँमा बस्ने शङ्खधर फुपूको घर हाँडीगाउँ गई बस्दा त्यहाँ पर्वमा आवश्यक खानेकुराको तयारी र आगलागीमा उनले गरेको उद्धारको काम र उनले मन पराएकी तुयुमतीलाई आगलागीमा गुमाएको घटना पाठकलाई प्रत्यक्ष देखेजस्तै अनुभूति हुन्छ । इतिहासमा हाँडीगाउँ विशालनगर क्षेत्रमा आगलागी भइरहने र एक पटक आगलागीबाट बचेकाहरुले खुशी भई म्हपूजा चलाएको पनि पढ्न पाइन्छ । त्यसैले आगलागीमा उपस्थित भएको देखाएर लेखकले शङ्खधरमा पहिलेदेखि नै समाजसेवी भावना रहेको मान्यता स्थापित गर्न खोजेका छन् ।

जम्मा सय पृष्ठमा आफ्ना पिता, ल्हासाबाट आएका मीत बा, प्रधानअमात्य र दरबारसँगको भेट, सुन चाल्ने पेशाको थालनी, सुन जम्मान गर्ने काम, महासिद्धसँगको भेट जस्ता घटनाहरुलाई विस्तारै बुन्दै लेखकले एउटा उपन्यासमा चाहिने सिलसिलालाई राम्रोसँग प्रस्तुत गर्न सक्नु ठूलो खूबी मान्नुपर्छ । एउटा ऐतिहासिक विषयवस्तुमा कल्पनाको पाटो मिसाएर आख्यान लेख्न सक्नु नै ठूलो कुरा हो । उपन्यासमा तत्कालीन परिवेश बुझाउने शब्दहरु प्रशस्त छन् जसले पाठकले सोही युगतिर विस्तारै लैजान्छ । पत्रकार पनि हुनुभएका लेखकको उपन्यासको नेपाली अनुवाद र उपन्यासको भूमिका खण्डमा लेखिएका अभिव्यक्तिहरुमा वर्णविन्यास र व्याकरणगत त्रुटि पनि प्रशस्त हुनु आश्चर्यलाग्दो छ । के अब इतिहासकारहरुले यही उपन्यास पढेर बालुवाबाट सुन बनेको किंवदन्तीलाई फेरि दोहो¥याइरहलान् त ?

[email protected]

प्रतिक्रिया दिनुहोस्