Logo
Logo

कांग्रेस महाधिवेशन : कास्की क्षेत्र नं १ मा लामिछाने


882
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशनमा कास्की क्षेत्र नं १ मा राजेन्द्रमणि लामिछाने विजयी बन्नुभएको छ ।

सोमबार भएको निर्वाचनमा राजेन्द्रमणि लामिछाने ४५८ मतसहित विजयी बन्नुभयो भने उहाँका प्रत्यासी बुद्धिमान गुरुङले ३३० मत प्राप्त गर्नुभयो ।

निर्वाचनमा कास्की क्षेत्र नं १ बाट महाधिवशेन प्रतिनिधिमा खुल्लातर्फ तारानाथ रानाभाट, कृष्णबहादुर केसी, सुदिपमोहन भट्टराई, यज्ञबहादुर थापा, विकास लामा गुरुङ, किशोरदत्त बराल, होमबहादुर बस्याल, तिलक रानाभाट, गिरिराज गौतम र शिरोमणि लामिछाने विजयी बन्नुभएको छ ।

त्यस्तै समानुपातिक खस आर्य महिलातर्फ शान्ति खनाल र दुर्गा लामिछाने, खुल्लातर्फ सुरजजङ राणा र नरेन्द्र थापा९नरेन० विजयी बन्नुभएको छ । आदिवासी जनजातितर्फ महिलामा सस्वती गुरुङ र गीमाया गुरुङ, खुल्लातर्फ दीपक गुरुङ९माइला० र डम्बरजङग गुरुङ विजयी बन्नुभएको छ ।

त्यस्तै दलित महिलातर्फ सरस्वती सार्की र खुल्लातर्फ कुमार विक सुनार विजयी बन्नुभएको छ । अपाङ्गतातर्फ मोहनकुमार प्रधान विजयी बन्नुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्