Logo
Logo

देउवाप्रति नरम हुँदै ओलीले सोधे : प्रधानमन्त्रीजीलाई अप्ठ्यारा छन् कि ?


3.5k
Shares

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अतिथिको रुपमा राखेर टिप्पणी गर्न नचाहेको बताएका छन् ।

एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई अतिथि बनाएर राखेर उनको विषयमा टिप्पणी गर्नु सही नभएको बताएका हुन् ।

उनले भने, ‘अहिलेको सरकारको सम्बन्धमा म केही भन्न चाहन्न,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीलाई हामीले आमन्त्रण गरेका छौं । प्रधानमन्त्रीजीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्नु बान्छनीय हुँदैन ।’

उनले अगाडि भने, ‘प्रधानमन्त्रीजी शायद काम गर्न चाहनुहुन्थ्यो कि ? प्रधानमन्त्रीजीलाई काम गर्न पनि गाह्रो छ कि ? मलाई अप्ठ्यारो पार्ने, मेरो खुट्टा तान्नेहरु आज उहाँको खुट्टा समातिरहेका छन् । त्यसरकाण उहाँलाई पनि अप्ठ्यारा छन् कि ?’

एमालेले उद्घाटन समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बोलाएको थियो । देउवा कार्यक्रममा सहभागी मात्र भएनन्, एमाले अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा पनि कार्यक्रम स्थलमा बसिरहे ।

प्रतिक्रिया दिनुहोस्