Logo
Logo

इच्छाराजकी श्रीमतीलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन


12.5k
Shares

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो संगठित अपराध र ठगी मुद्धामा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पक्राउ गर्न प्रहरीले विशेष टोली परिचालन गरेको छ।

ब्युरोले ठगीको मुख्य अभियुक्त नै इच्छारामकी श्रीमती सिर्जना भएकाले उनलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेको जानकारी दिएको छ । प्रहरीका अनुसार सिर्जनासहित २४ जना फरार छन् । उनीहरु भाग्न सक्ने सबै नाकामा कडा सुरक्षा व्यवस्था गरिएको ब्युरोले जनाएको छ ।

सीआईबीले शुक्रबार नै इच्छाराज र उनीसँग जोडिएका व्यक्तिहरुको संगठित अपराध र ठगी सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

करिब दुई महिना लामो अनुसन्धानपछि सीआईबीले प्रतिवेदन बुझाएको हो। इच्छाराजलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो।

संगठित अपराधमा समेत अनुसन्धान अघि बढाइएको थियो। प्रहरीले इच्छाराजलाई ८ वर्ष कैद र बिगो बराबर ५ अर्ब ५९ करोड रुपैयाँ जरिबाना माग गर्न सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्