Logo
Logo

सौराहामा एमाले केन्द्रीय कमिटीको बैठक बस्दै


441
Shares

काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक आज (शुक्रबार) बस्दै छ ।

बैठक बेलुकी ८ बजे सौराहास्थित होटल जंगल क्राउनमा बस्न लागेको हो । १०औं महाधिवेशनको उद्घाटनसत्रमा एमाले सचिव प्रदीप ज्ञवालीले केन्द्रीय कमिटी बैठक बस्न लागेको जानकारी दिए ।

१०औँ महाधिवेसन अन्तर्गत महाधिवेशन अन्तर्गत भोलि (शनिबार)बाट बन्दशत्र सुरु हुनेछ र त्यसले नयाँ नेतृत्व चयन गर्नेछ ।

उम्मेदवारी दर्ता पनि शनिबार नै गर्नुपर्ने छ । भोलि बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्