Logo
Logo

एनआईसी एशिया बैंकले पायो आईएसओ प्रमाणपत्र


252
Shares

काठमाडौं । एनआईसी एसिशा बैंकले अन्तराष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं ‘इन्टरेनशनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन (आईएसओ) बाट मान्यता प्राप्त प्रमाणपत्र प्राप्त गरेको छ । एनआईसीले आईएसओ २७००१ : २०१३ को मापदण्ड प्रमाणपत्र प्राप्त गरेको हो ।

बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेका अनुसार आईएसओ २७००१ मापदण्डको आवश्यकता अनुसार बैंकले आफ्ना ग्राहकको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाए वापत बैंकलाई ‘क्वालिटी अस्ट्रिया’सँग आबद्ध ‘सर्टिफिकेट एण्ड इन्फरमेसन सेक्युरिटी सर्भिस जीएमबीएच’ ले सो प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो।

यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहक महानुभावहरुको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको जनाएको छ।

एनआईसी बैंकको देशभर ३५८ शाखा कार्यालयहरु, ४७३ एटीएम, ६८ वटा विस्तारित काउन्टर र ८१ शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको छ । यस बैंकमा २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता, ९१ हजार कर्ता खाता र २८ लाख २७ हजारभन्दा बढी खाताहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्