Logo
Logo

सभापतिमा ४ जनाको नाम दर्ता


5.3k
Shares

दाङ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् ।

संस्थापन पक्षधबाट तीन र संस्थापन इतरबाट एक गरी चारजनाले जिल्ला नेतृत्वको लागि नाम दर्ता गराएका हुन् ।

निर्वाचन समितिका अनुसार क्षेत्र नं. १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं. २ बाट कमल किशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराएका हुन् । तीनैजनाले संस्थापन पक्षका छन् ।

त्यस्तै संस्थापन इतरबाट दाङको क्षेत्र नं। ३ का शंङकर डाँगीले मात्रै मनोनयन दर्ता गराउनु भएको छ । उहाँ हालका जिल्ला सचिव छन् ।

प्रतिक्रिया दिनुहोस्