Logo
Logo
एमाले महाधिवेशन

एमाले महाधिवेशनको बन्दसत्र आज, ओलीसहित विदेशी अतिथिले सम्बोधन गर्ने


1.6k
Shares

काठमाडौं । नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशनको बन्द सत्र आजबाट सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार उद्घाटन सत्र सकिए लगत्तै आज १० बजे बन्दसत्र सुरु हुनेछ । बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीसहित विदेशी अतिथिहरु सम्बोधन गर्ने कार्यक्रम छ ।

शुक्रबार राती अबेर सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेकपा एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप्ने निर्णय गरेको छ । सौराहस्थित होटल जंगल क्राउनमा बसेको अन्तिम केन्द्रीय समिति बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म पदहरु बढाएर सर्वसम्मत रुपमा एकताको महाधिवेशन बनाउने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार अब एमालेमा केन्द्रीय समिति ३०१ सदस्यीय हुनेछ । त्यसैगरी ९९ सदस्यीय पोलिटब्यूरो गठन हुनेछ । स्थायी कमिटी ४५ सदस्यीय नै यथावत रहनेछ । पदाधिकारीतर्फ १९ जना हुनेछ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव हुनेछन् ।

बैठकपछि भट्टराईले भने, ‘अहिलेको आवश्यक हेर्दा २२५ नपुग्ने भएको, नयाँ अनुहार ल्याउन, पूराना साथीहरुको योग्यता क्षमताअनुसार काम गर्ने अवसर कायम गर्ने र नयाँलाई पनि आउने वातावरण बनाउन थप गरेर ३०१ बनाउने निर्णय भएको हो ।’

केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्यूरो हुने भट्टराईको भनाई छ । विधान महाधिवेशनबाट पारित विधान हेरफेर गरिएको भट्टराईले बताए । विधान संशोधन प्रस्ताव बन्द सत्रमा प्रस्तुत गरिने उनले बताए ।

अन्तिम केन्द्रीय समिति बैठकले आयोगहरुको संख्या पदाधिकारीसहित १५ रहेकोमा बढाएको हो । भट्टराईकाअनुसार अनुशासन लेखा र निर्वाचन आयोगको पदाधिकारीसहित अब २५ सदस्यीय हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्