Logo
Logo

सहमतिमा आए रावललाई वरिष्ठ उपाध्यक्ष दिने ओलीको प्रस्ताव


18k
Shares

चितवन । नेकपा एमालेका नेता तथा हालमा उपाध्यक्ष भीम रावललाई सहमतिमा आउन अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् । ओलीले रावलसँग छलफल गर्दै सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव राखेका छन् ।

रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए ।

ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेको नेकपा एमालेका एक पदाधिकारीले जानकारी दिए ।

ओलीले आफू बसेको होटल सफारी पार्कमा नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन् । दशौं महाधिवेशनमा रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्