Logo
Logo

देशलाई नेतृत्व गर्न सक्ने नेतृत्व चयन गर्छौँ : ओली


756
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक पथभ्रष्टतालाई सही बाटोमा ल्याउने नेतृत्व चुन्नुपर्ने बताएका छन् ।

चितवनमा जारी एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै ओलीले विकास र सुशासनको पारदर्शीताको आन्दोलनलाई सही ढंगले अगाडि बढाउने नेतृत्व चुन्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘विकास र सुशासनको पारदर्शीताको आन्दोलनलाई सही ढंगले अगाडि बढाउने हो भने हाम्रो महाधिवेशनले राजनीतिक पथभ्रष्टतालाई सही बाटोमा ल्याउने नेतृत्व चयन गर्नुपर्ने हुन्छ ।’

उनले एमाले जस्तै उत्साहजनक जनसहभागीता गराउन गाह्रो हुने दाबी पनि गरे । एमालेले एकैपटक वडा, पालिका र प्रदेश अधिवेशन गरेपछि अन्य पार्टीहरुले समेत सिको गरेको भन्दै उनले माओवादीलाई ब्यांग्य गरे ।

‘एमाले विवाद रहितढंगले वडा,पालिका प्रदेश अधिवेसन सम्पन्न गर्यो । त्यसमा एमाले सफलपनि भयो । त्यसको सिको गरेर अरुले पनि एकैदिन वडा अधिवेशन, एकैदिन पालिका अधिवेशन भन्न थालेका छन्,’ ओलीले भने, ‘एमालेबाट सिक्दै गए राम्रो हो । सबै कुरा सिक्न सकिन्छ। तर, अल्को मान्छेबाट धेरै कुरा सिक्न सकिएला। तर, आफ्नो उचाई बढाउन सकिँदैन, त्यस्तै हो ।’

प्रतिक्रिया दिनुहोस्