Logo
Logo

धुलोमा पछारिएको पार्टी एक वर्ष नपुग्दै सबैभन्दा ठूलो बन्यो : ओली


882
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी खोसेर प्रतिक्रियावादीको पाउमा चढाउन खोजिएको आरोप लगाएका छन् ।

चितवनमा जारी एमालेको १०औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले तत्कालीन नेकपालाई पुष्पकमल दाहाल र माधवकुमार नेपालपक्षले प्रतिक्रियावादीलाई बुझाउन खोजेको बताएका हुन् ।

‘हिजोमात्रै हो। एक वर्ष पुगेको छैन। हाम्रो हातबाट पार्टी खोसिएको थियो। हामी निस्कासित भएका थियौं। सडकमा फालिएका थियौं । पार्टी खोसिएर प्रतिक्रियावादीको पाउमा चढाउन खोजिएको थियो,’ ओलीले भने, ‘त्यस्तो बेलाबाट आज एक वर्ष नपुग्दै यो पार्टी यस तहमा पुन:जिवित मात्रै होइन । यो पार्टी धुलोमा पछारिएको थियो । अहिले नेपालको सबैभन्दा ठूलो पार्टीको रुपमा निर्णायक पार्टीको रुपमा दर्ज भएको छ ।’

प्रतिक्रिया दिनुहोस्