Logo
Logo
एमालेको १०औं महाधिवेशन

बन्दसत्रमा विधान संशोधन प्रस्ताव पेश


819
Shares

चितवन । नेकपा (एमाले) को १०औं महाधिवेशनको बन्दसत्र शनिबार चितवनको सौराहामा जारी छ । बन्दसत्रमा विधान संशोधन प्रस्ताव सहित अध्यक्ष मण्डल र माइन्युट कमिटी गठन गर्ने प्रस्ताव पेश भएको छ ।

एमाले नेता शेरबहादुर तामाङका अनुसार ११ सदस्यीय अध्यक्षमण्डलको प्रस्ताव बन्द सत्रमा पेश भएको छ । अध्यक्ष मण्डलमा अध्यक्ष केपी शर्मा ओली, सदस्यहरुमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।

त्यसैगरी, सात सदस्यीय माइन्युट कमिटीमा पार्टी सचिव पृथ्बीसुब्बा गुरुङसहित सूर्य थापा, विष्णु रिजाल, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् ।

यसैबीच, पार्टीका संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव बन्दसत्रमा पेस गरेका छन् । पौडेलले पदाधिकारी र सदस्यको संख्या बढाउने केन्द्रीय कमिटीको निर्णय अनुसार प्रस्ताव पेश गरेका छन् ।

पदाधिकारीमा एक वरिष्ठ उपाध्यक्ष सहित ६ उपाध्यक्ष र तीन महासचिव हुने प्रस्ताव आएको छ । १५ सदस्य पदाधिकारीको ठाउँमा १९ सदस्य पदाधिकारी सहित तीन सय १ सदस्यी केन्द्रीय कमिटी हुने प्रस्ताव आएको छ । यस्तै ४५ सदस्यीय स्थायी कमिटी र ९९ सय सदस्यीय पोलिटव्युरो कमिटी गठन गर्ने प्रस्ताव आएको छ ।

प्रतिक्रिया दिनुहोस्