Logo
Logo

आईसीसी महिला टी–२० विश्व कप, अन्तिम खेल आज नेपालले यूएईसँग खेल्ने


756
Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

नेपाल र यूएईबीचको खेल दुबईमा बिहान सवा ११ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा पुग्न नेपालले यूएईलाई जित्नुपर्ने र नेट रनरेटमा समेत भर पर्नुपर्ने हुन्छ । चार खेल खेल्दा यूएईको आठ अङ्कसहित दुई दशमलव ३९८ को रनरेटमा रहेको छ । नेपालको तीन खेलमा ६ अङ्कसहित दुई दशमलव ०८८ को रनरेटमा छ ।

चारमध्ये तीन खेल जितेको हङकङको पनि समान ६ अङ्क नै छ । तर नेट रनरेटमा हङकङभन्दा नेपाल अगाडि छ । ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले आज अन्तिम खेल कुवेतसँग खेल्दैछ ।

पहिलो खेलमा हङकङसँग पराजित भएपछि नेपाली महिला टोलीलाई यूएईसँगको खेल निर्णायक बनेको हो । प्रतियोगितामा ६ टोली सहभागी छन् ।अङ्क तालिकामा शीर्ष हुने टोली ग्लोबल छनोटमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्