Logo
Logo
एमालेको १०औँं महाधिवेशन

सर्वसम्मतका लागि समूहगत छलफल गर्दै ओली


1.3k
Shares

चितवन । पदाधिकारीका दावेदारले अडान नछाडेपछि अध्यक्ष केपी ओलीलाई सर्वसम्मतमा नेतृत्व चयन गर्न सकस भएको छ । शनिबारदेखि चितवनमा जारी एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको आज अन्तिम दिन हो । तर, अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन सकेको छैन ।

सौरहामा नवौँं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकबाट पदाधिकारी तथा केन्द्रीय कमिटी प्रस्ताव गर्ने सर्वाधिकार पाएपछि अध्यक्ष ओली नेताहरुसँग सर्वसम्मतका लागि छलफल गरिरहेका छन् । तर, वरिष्ठ उपाध्यक्ष र महासचिवलगायतका पदाधिकारीमा दावेदारी गर्दै आएका नेताहरुले आफ्नो अडान नछाड्दा ओलीलाई सकस भएको छ ।

ओलीले अहिले पनि आफू बसेको सौराहस्थित पार्क सफारी होटलमा नेताहरुसँग समूहगत छलफल गरिरहेका छन् । वरिष्ठ उपाध्यक्ष र महासचिवमा समेत सहमति हुन नसक्दा अध्यक्षमा दावेदार गर्दै आएका भीम रावलसँग ओलीले छलफल गर्न भ्याएका छैनन् । भीम रावलले अध्यक्षमा आफ्नो दावेदावी कायमै राखेका छन् । उनले प्रचार समेत सुरु गरेका छन् ।

अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पारेखलको नाम अघि सारेका छन् । अर्का दावेदार सुवास नेम्वाङलाई उपाध्यक्षमा प्रस्ताव गरेका छन् । तर, एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन् ।

यस्तै, ओलीले महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन् । अर्का दावेदार विष्णु पौडेललाई उपाध्यक्षमा बस्न आग्रह गरेका छन् । तर, पौडेल ओलीको प्रस्तावमा सहमत भइसकेको छैन । यद्यपि, ओलीले सबैसँग छलफल गरेर सहमति जुटाउने प्रयास जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्