काठमाडौं । बढुवा भएर फुली लगाएको दुई दिनपछि नै नेपाल प्रहरीका एक एसएसपीले अवकाश पाएका छन् । एसएसपी सुदीप राजभण्डारीले शुक्रबारबाट अवकाश पाएका हुन् ।
७ गते उनी लगायतको बढुवाको निर्णय भएको थियो । भोलिपल्ट निमित्त आइजिपी निरजबहादुर शाहीले फुली लगादिएका थिए । फुली लगाएपनि पदस्थापन नभएकाले उनले एसएसपीको रुपमा काम गर्न पाएनन् । एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । २०४९ मा इन्सपेक्टरबाट भर्ना भएका उनी ब्याचमा सबैभन्दा ढिलो एसएसपी बने ।