काठमाडौं । सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा रोक लगाउने लगाएको छ ।
कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिमलाई मध्यनजर गर्दै सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।
गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन सरकारले निर्देशन दिइसकेको छ ।