Logo
Logo

त्रिवि सेवा आयोग : छोरी परीक्षार्थी, बाबु परीक्षक अन्तर्वार्ता रोकियो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं , ३ जेठ ।
वा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा प्रक्रिया बिहीबार अवरुद्ध भएको छ ।

सेवा आयोगका पदेन सदस्यसमेत रहेका लोकसेवा आयोग सदस्य ब्रह्मदेव रायले परीक्षा प्रक्रिया स्वच्छ र मर्यादित नभएको भनी आपत्ति जनाउँदै परीक्षा प्रक्रियामा सामेल हुन नसक्ने जनाएका थिए । लतत्तै सेवा आयोगले विशेष सूचना निकालेर परीक्षा स्थगित गरेको हो ।

त्रिवुभन विश्वविद्यालयले गत वैशाख १४ गते उपप्रशासकदेखि सवारी चालक तहसम्मका विभिन्न पदमा लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको थियो । त्यस क्रममा सेवा आयोगका पदाधिकारीदेखि प्रशासकीय प्रमुखका नातेदार उत्तीर्ण भएका थिए ।

त्रिविसँग सम्बद्ध पदाधिकारी र पहुँचवालाका नातागोतालाई समेत पास गराइएको खुलासा भएको थियो । नातेदार सहभागी परीक्षामा पदाधिकारीहरु सामेल भएपछि उनीहरुमाथि ‘बदनियत राखेका’ आरोप लागेको छ । यसबारे अख्तियारले छानबिन गरिरहेको छ । आजको कान्तिपुरमा दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्