Logo
Logo

घनश्याम भुसालले गराए उपाध्यक्षका लागि उम्मेदवारी दर्ता


7k
Shares

काठमाडौं । एमालेको उपाध्यक्षका लागि नेता घनश्यम भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

चितवनमा जारी एमालेको दशौँ महाधिवेशन अन्तरगत अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

भुसालले पनि ओलीले घोषणा गरेर केन्द्रीय कमिटी बनाउने निर्णयप्रति आपत्ति जनाउँदै आएका थिए ।

यसअघि ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्