Logo
Logo

विष्णु पौडेलको गराए एमाले उपाध्यक्षमा उम्मेदवारी दर्ता


6.9k
Shares

काठमाडौं । एमाले नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी एमालेको १०औं महाधिवेशनअन्तरगत पौडेलले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा उपाध्यक्ष नै रहेका पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपाध्यक्षका लागि रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनाश्याम भुसालले उम्मेदवारी दर्ता गराइसकेका छन् । भुसाल ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्