Logo
Logo

एमाले नेतृत्वबाट चार जना नेता बाहिरिए


60k
Shares

काठमाडौं । नेकपमा एमालेको नेतृत्वबाट चार जनाको अवकास भएको छ । उमेरहदका कारण नेकपा एमालेका चारजना पुराना नेताहरू पार्टीको नेतृत्वबाट बाहिरिएका हुन् ।

बाहिरिनेमा अमृतकुमार बोहरा, डोरमणी पौडेल, सत्यनारायण मण्डल र महेन्द्रबहादुर पाण्डे रहेका छन् । ७० वर्ष नाघेको व्यक्तिले पार्टीको कार्यकारी पदमा बस्न नपाउने एमालेको विधानमा उल्लेख छ । उनीहरूलाई अन्य राजकीय पदहरूमा जान भने विधानले रोक्दैन ।

एमालेका पुराना नेता बोहरा पार्टी अनुशासन आयोगका अध्यक्ष थिए । उनी उमेरले ७३ वर्ष पुगेका उनले पार्टी नेतृत्वबाट अवकाश पाएका हुन् ।

मण्डल, पौडेल र पाण्डे पनि ७१ वर्ष पुगेका छन् । मण्डल एमाले स्थायी समिति सदस्य र प्रदेश २ का इन्चार्ज थिए । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल केन्द्रीय सदस्य थिए । यस्तै पाण्डे चीनका लागि राजदूत नियुक्त भएका थिए । उनलाई देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्