Logo
Logo
एमालेको १०औं महाधिवेशन

गण्डकी, लुम्बिनी र प्रदेश २ बाट ९–९ जना निर्विरोध निर्वाचित


5.5k
Shares

सौराहा, चितवन । नेकपा (एमाले)को १०औं महाधिवेशनमा प्रदेश २ बाट ९ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाका अनुसार प्रदेश २ को खुल्लातर्फबाट ६ र महिला तर्फको ३ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

खुलातर्फ अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ, सुमन प्याकुरेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यस्तै महिलातर्फब कल्पना कुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमार झा निर्वाचित भएका हुन् ।

यस्तै गण्डकी प्रदेशतर्फका ९ र लुम्बिनी प्रदेशका ९ जना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्