Logo
Logo
एमालेको १०औं महाधिवेशन

यी हुन् गण्डकी प्रदेशबाट निर्वाचित ९ केन्द्रीय सदस्य


1.3k
Shares

चितवन । नेकपा (एमाले) को १०औं महाधिवेशनबाट गण्डकी प्रदेशबाट ९ जना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार गण्डकी प्रदेशबाट खुलातर्फबाट ६ जना र महिला तर्फबाट ३ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

खुलातर्फबाट इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भुपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यस्तै गण्डकी प्रदेशको महिला तर्फबाट नरदेवी पुनमगर, मिना कुमारी गुरुङ र सीमा कुमारी क्षेत्री केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश २ को खुल्लातर्फबाट ६ र महिला तर्फको ३ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

खुलातर्फबाट अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ, सुमन प्याकुरेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यस्तै महिला तर्फबाट कल्पना कुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमार झा निर्वाचित भएका छन् ।

यस्तै लुम्बिनी प्रदेश तर्फको ९ जना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्