Logo
Logo

मन्त्रिपरिषद् बैठकः १० सचिवको सरुवा


14.2k
Shares


काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १० जना सचिवहरुको सरुवा गरेको छ। सरुवमा विभिन्न मन्त्रालयका सचिव हेरफेर भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालय तथा पर्यटनका यादब कोइरालालाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।


सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ भने निर्वाचन आयोगमा रहेका सुरेश अधिकारीलाई सामान्य प्रशासनको जिम्मा दिइएको छ । सहरी विकाश मन्त्रालयमा ऊर्जा आयोगमा रहेका मणिराम गेलाललाई पठाइएको छ। सहरी विकासका रमेशप्रसाद सिंहलाई अतिरिक्त समूहमा राखिएको छ । वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्