Logo
Logo

म्याग्दीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु


945
Shares

काठमाडौं । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग खोलाको औललेमा सोमवार बेलुकी जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

सदरमुकाम बेनीबाट बेग खोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जीप दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरूमा चालकसहित आठै जना रघुगंगा गाउँपालिका १ बेग खोलाका रहेका छन् ।

मृत्यु हुनेमा बेग खोलाकी ३० वर्षीया गौमाया विक, ४० वर्षीय जीप चालक दुतबहादुर थापा, २५ वर्षीय खिम पुन र ५८ वर्षीय खिमनाथ शर्मा रहेका म्याग्दीका प्रहरी नायब उपरीक्षक डीएसपी श्यामकुमार राईले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेहरूमा बेग खोलाका २० वर्षीय भीम फगामी, ४५ वर्षीय बेलबहादुर विक, २३ वर्षीय मनोज पुन र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा रहेका छन् । डीएसपी राईका अनुसार घाइतेहरूको टाउको, र शरीरका विभिन्न भागमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । उकालो बाटोमा बेगखोला गाउँतर्फ जाँदै गरेको जीप सडकबाट तल खसेर दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्