Logo
Logo

एमालेमा गलत काम भइरहेको छ, सदस्य पद स्वीकार्दिनँ : भीम रावल


9.1k
Shares

काठमाडौं । नेकपा एमालेमा अध्यक्षका उम्मेदवार भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए सदस्य पद अस्वीकार गर्ने बताएका छन् । उनले सदस्य पदमा उम्मेदवारी नदिएको र त्यो पद स्वीकार नगर्ने बताए ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार गर्ने तर केन्द्रीय सदस्य अस्वीकार गर्ने बताएका हुन् । एमालेमा पछिल्लो समय गलत काम भएका बताउँदै मत परिणाम भने स्वीकार गर्ने उनको भनाई छ ।

‘केन्द्रीय सदस्य स्वीकार गर्दिन । मैले उम्मेदवारी नदिएको कुरामा पहिले पनि सपथ गरेको होइन’, उनले भने । यस्तै उनले अध्यक्ष नरहेको अवस्थामा केन्द्रीय सदस्य नरहने बताए ।

‘मैले परिणाम लाई सहज रूपमा लिन्छु’ उनले भने ‘सदस्यता वितरण नवीकरण र प्रतिनिधि छनोटमा ब्यापक रूपमा गलत कामहरू भएका छन् ।’

उनले मध्यरातमा मतदान गर्ने व्यवस्थाको समेत विरोध गरेका थिए । बिद्युतीय मतदान उपकरणमा अरू कुरा उपयुक्त रहे पनि स्क्रिनमा समस्या रहेको उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्