Logo
Logo

उदयपुरको सभापतिमा कार्की विजयी


1.2k
Shares

उदयपुर । नेपाली कांग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित हुनुभएको छ । दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ ।

कार्कीले ६७६ तथा उहाँका प्रतिद्वन्द्वी निवर्तमान सभापति विदुर बस्नेतले ५८९ मत प्राप्त गर्नुभयो । नवनिर्वाचित जिल्ला सभापति कार्की निर्वाचन क्षेत्र नं १ क बाट प्रदेशसभा सदस्य तथा प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत हुनुहुन्छ ।

यस्तै उपसभातिमा भीमचन्द्र राई, सचिवमा मुरारी खड्का र राजेशचन्द्र श्रेष्ठ तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी निर्वाचित हुनुभएको छ । सदस्यमा कूल ३८ सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसअघि निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा खगेन्द्रकुमार राई र क्षेत्र नं २ को सभापतिमा राकुमार राई विजयी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्