Logo
Logo

यस्तो छ आजको मौसम


567
Shares

काठमाडौं । हाल नेपालमा एकनास मौसम प्रणाली छैन् । केही दिन देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । अरब सागर र आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन पारिलो घाम लाग्ने सम्भावना छैन् ।

यो प्रणालीका कारण पहाडी जिल्लामा वर्षा र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउँछन् । भोलि सुदूरपश्चिम र पश्चिमका केही पहाडी जिल्लामा पानी पर्ने सम्भावना छ भने हिमाली जिल्लामा हिमपात हुने छ ।

यस्तै, न्यूनतम र अधिकतम तापक्रम घट्न थालेसँगै देशैभर चिसो बढेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

आज पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने छ । न्यूनचापीय प्रणालीको प्रभाव सुदूरपश्चिम र पश्चिमी क्षेत्रमा धेरै पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।

पोखरा, जुम्ला, डडेलधुरा, दीपायल, सुर्खेत लगायतका क्षेत्रमा भोलि पानी पर्ने अनुमान गरिएको छ । मध्य र पूर्वी क्षेत्रमा पानी नपरे पनि मौसम भने बद्ली हुने उहाँले बताउनुभयो । अहिले काठमाण्डौसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । अन्य क्षेत्रको मौसम बद्ली भएको छ ।

प्रतिक्रिया दिनुहोस्