Logo
Logo
एमालेको १०औं महाधिवेशन

भीम रावलको कार्यकर्तामाथि जाइलग्यो ओली पक्ष


10.1k
Shares

काठमाडौं । नेकपमा एमालेको नयाँ नेतृत्वका लागि चितवमा जारी मतदानमा अहिले प्रतिनिधिहरुले भोट हालिरहेका छन् । नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलले केपी ओली पक्षले ‘भोट हाल्ने र नहाल्ने’को नामावली (प्यानल सूची) वितरण गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्यानल सूची वितरणको विरोध गर्दा केपी ओली पक्षबाट आफू पक्षीय कार्यकर्तामाथि जाइलाग्ने कार्य भएको उनले बताएका छन् ।

‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछ’, उनले ट्वीटरमा लेखेका छन्, ‘उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ । यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’

केपी ओली निकटले कसलाई भोट हाल्ने कसलाई नहाल्ने भनेर सूची वितरण गरेपछि एमाले मतदानमा विवाद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्