Logo
Logo

प्रचण्ड आज रुपन्देही जाँदै


6.9k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रूपन्देही जाँदैछन् । एक साताअघि सडक दुर्घटनामा मृत्यु भएका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज रामप्रसाद बन्जाडे ‘टंकमणि’को श्रद्धाञ्जली सभामा सहभागी हुन अध्यक्ष प्रचण्ड आज बिहान १० बजे काठमाडौंबाट रुपन्देही जान लागेका हुन् ।

प्रचण्ड बन्जाडेको घर रहेको बुटवल जितगढीमा श्रद्धाञ्जली सभामा जाने र त्यसपछि तिलोत्तमामा आयोजित पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।

बन्जाडेको मृत्युपछि रूपन्देहीमा नेकपा माओवादीको पूर्वनिर्धारित पालिका सम्मेलत स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्