काठमाडौं । सोमबारको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको नियमावली संशोधन गरेको छ । संशोधनमा केही महत्वपूर्ण विषयहरु हेरफेर भएका छन् ।
जसअनुसार तीन नयाँ पद प्रहरीमा थपिएका छन् । वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थपिएको हो । प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको करिब ६ महिनापछि यी पद थपिएका हुन् । यसले जवान र सइलाई माथिल्लो पदमा बढुवा हुन छिटो हुने भएको छ । हाल उनीहरुको १५ वर्षमा पनि बढुवा नहुने भएपछि बीचमा नयाँ पद थपिएको हो । नियमावली राजपत्रमा प्रकाशित भएसँगै ज्येष्ठताका आधारमा एकमुष्ठ एक तह माथिल्लो पदमा बढुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।
त्यस्तै नियमावली संशोधन गरी बढुवामा विभूषणको नम्बर पनि हटाइएको छ । विभूषणको २ नम्बर कटौती गरेर ज्येष्ठतामा जोडिएको छ ।