Logo
Logo
एमालेको १० औँ महाधिवेशन

मतदानको समय थपियो, अहिलेसम्म कतिले हाले भोट ?


2.9k
Shares

काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि चितवनमा मतदान जारी छ । आज बिहान १० बजेसम्म मतदानको कार्यतालिका रहे पनि निर्धारित समयमा मतदान नसकिने भएको छ ।

हालसम्म १७ सय महाधिवेशन प्रतिनिधिले मत दिइसकेको केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दालले बताएका छन् । उनका अनुसार १० बजेभित्र मतदान नसिकएपछि थप आधा घण्टा समय थप गरिएको छ ।

आज बिहानैदेखि सुरु भएको मतदानमा प्रतिनिधिहरुले मत हाल्नेक्रम जारी छ । महाधिवेशनमा करिब २२०० प्रतिनिधि सहभागी छन् ।

चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल चुनावी मैदानमा छन् । सचिवमा भीम आचार्य र टंक कार्की चुनाव लडेका छन् ।

वरिष्ठ, उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन् । सदस्यहरुमा चुनाव भएको छ ।

प्रतिक्रिया दिनुहोस्