Logo
Logo
एमालेको १०औं महाधिवेशन

एमालेको मतदान सम्पन्न, कति खस्यो मत ?


7k
Shares

चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका एक सदस्यका अुसार निर्वाचनमा करिब २ हजार ८० मत कसेको छ ।

मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन भने बाँकी छ । ‘२ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको छ,’ निर्वाचन समितिका एक सदस्यले भने ।

निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा गरिएको छ । एमालेको पार्टी कार्यालय सचिव शेरबहादुृर तामाङले मतदान सकिएको एक दुई घण्टाभित्रमा मतपरिणाम आउने जानकारी दिए । मंगलबार बिहान चार बजेदेखि मतदान सुरु भएको थियो ।

चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल चुनावी मैदानमा छन् । सचिवमा भीम आचार्य र टंक कार्की चुनाव लडेका छन् ।

वरिष्ठ, उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्