Logo
Logo

‘भोट नहाल्नु भन्दै उर्दी जारी गरेको देख्दा अचम्म लाग्यो’


3k
Shares

काठमाडौं । नेकपा एमालेको नेतृत्वको लागि चितवनमा भएको निर्वाचन सम्पन्न भएको छ । यसबीच अध्यक्ष पदका उम्मेदवार भीम रावलले पार्टीका जिम्मेवारी व्यक्तिले नै नियमविपरित नामावली वितरण गरेपछि आफु चकित भएको बताएका छन् ।

मतदान सम्पनन भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले केपी ओली समर्थकले आफ्नो मान्छेको सुची बाँड्दै हिडेको भिडियो देखेपछि आफु चकित भएको बताएका हुन् ।

‘लोकतान्त्रिक पक्रियामा आफ्नो नेता चुन्ने अधिकार सबैको छ । तर ओलीका समर्थकले आफ्नो पक्षका नेतालाई मात्रै भोट हाल्न भन्दै नामावाली नै बाँडेको देख्दा म छक्क परे’ पत्रकारहरुसंग रावलले भने, ‘पार्टीका जिम्मेवारी मान्छेले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेका रहेछन् ।’

एमालेको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै अध्यक्षका उम्मेदवार रावलले यसघि पनि ट्वीटरमार्फत विरोध जनाएका थिए ।

नेता रावलले स्वच्च तरिकाले भएको निर्वाचनलाई सबैले हासिखुशि स्वीकार गर्ने पनि बताए । ‘स्वच्छ निर्वाचनको सबैले हासीखुशी स्वीकार गर्नुपर्छ ।’ यस्तै उनले मतपरिणाम आएपछि विश्लेषण गर्ने पनि प्रतिक्रिया दिएका छन् । अहिले निर्वाचन सकिएपछि मुचुल्काको काम भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्