Logo
Logo

एमालेको मतगणना सुरु


5.2k
Shares

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएर मतगणना सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २११४ मत खसेको छ ।

निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले कुल २१५३ मतदातामध्ये २११४ मत खसेको दृष्टि न्युजलाई जानकारी दिए । एमालेको नयाँ नेतृत्व चयनका लागि बिहान ४ बजेदेखि मतदान भएको थियो ।

एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो । एमालेको अध्यक्षका लागी केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् ।

६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप बादल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली प्रतिस्पर्धामा छन ।

अर्कोतिर ७ सचिव पदका लागी टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याल टंक कार्की, भिम आचार्य प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्