Logo
Logo

६ लाख नगत सहित ५ जुवाडे पक्राउ


1.3k
Shares

काठमाडौं । कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरीका अनुसार प्रहरी प्रभाग, कोटेश्वरबाट परिचालित टोलीले छापा हान्दा २० बुक ताससहित ६ लाख ५८ हजार तीन सय रुपैयाँ बरामद गरेको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँबाट पक्राउ गरेको हो । पक्राउ पर्ने जुवाडेमा घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्सिना र रामेछापका सागर केसी छन् ।

प्रतिक्रिया दिनुहोस्