Logo
Logo

एमाले मतदान: ३९ जनाले किन हालेनन् भोट ?


9.3k
Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको चुनावका लागि भएको मतदानमा ३९ जनाले भोट हालेका छैनन् । केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार कुल २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको हो ।

एमालेको नयाँ नेतृत्व चयनका लागि बिहान ४ बजेदेखि मतदान भएको थियो । १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएर अहिले मतगणना भइरहेको छ ।

एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो । एमालेको अध्यक्षका लागी केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् ।

६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप बादल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली प्रतिस्पर्धामा छन् ।

अर्कोतिर ७ सचिव पदका लागी टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याल टंक कार्की, भिम आचार्य प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्