Logo
Logo
राप्रपाको महाधिवेशन

लोहनीको समर्थन लिङदेनलाई


693
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भावी अध्यक्षमा आफ्नो समर्थन राजेन्द्र लिङ्देनलाई रहेको जनाएका छन् ।

मंगलबार एक कार्यक्रममा बोल्दै लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने बताए । उनले आफू लिङदेनको पक्षमा उभिएको बताएका हुन् ।

राप्रपाको महाधिवेशन १५ मंसिरबाट आयोजना हुँदैछ । अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् ।

थापाले हिजो र लिङदेनले केही दिनअघि उम्मेदवारी घोषणा गरेका हुन् । लोहनीले आफू सहमतिबाट नेतृत्व चयनको पक्षमा भएकोमा त्यो सम्भव नदेखिकोले लिङदेनको पक्षमा उभिएको बताए ।

‘म अन्य दुई मित्र अध्यक्षहरुलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्