Logo
Logo

भिरबाट लडेर एक जनाको मृत्यु


504
Shares

काठमाडौं । दैलेखमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बाख्रा चराउन गएकी ६३ वर्षीया वृद्धाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर साहले बताए ।

मृत्यु हुनेमा नारायण नगरपालिका ४ सोतकी मैसरा कटुवाल रहेको प्रहरीले जनाएको छ । उनी कटुवाल रातापानी भिरबाट २ सय मिटर तल खसेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्