Logo
Logo

सांस्कृतिक सङ्घका अध्यक्ष थापाद्वारा केन्द्रीय सदस्यको उम्मेदवारी


441
Shares

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष तीर्थबहादुर थापाले पार्टी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी आगामी मङ्सिर २४ देखि हुन लागेको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा आफूले उम्मेदवारी दिने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष थापाले स्रष्टा, संस्कृतिकर्मीको हक, हित, अधिकार संरक्षण गर्न आफूले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गर्नुभयो । “समावेशी, समानुपातिक प्रतिनिधित्व हुने गरी बनेको संविधानले संस्कृतिकर्मीको हक र अधिकारलाई समेट्न सकेको छैन, कलाकर्मीको हक, अधिकार, सम्मान र प्रतिनिधित्वका लागि मैले केन्द्रीय सदस्य पदमा उम्मेदवार दिन लागेको हुँ,” उहाँले भन्नुभयो ।

उहाँले सहमति, सहकार्य, एकता र मेलमिलापलाई शिरोपर गर्दै गुटउपगुट, घात, अन्तर्घात, जालझेल–षड्यन्त्रलाई अन्त्य गर्दै हिमाल, पहाड र तराईको ‘संयोजक कांग्रेस’ निर्माण गर्न सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिन लागेको बताउनुभयो ।

केन्द्रीय सदस्य पदमा घोषणा गर्नुभएका अध्यक्ष थापा कांग्रेसको क्षेत्रीय अधिवेशनमा लमजुङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्