Logo
Logo

एमाले मतगणना : तीन बजेभित्र परिणाम आउने


2.1k
Shares

काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको मतगणना हुँदै छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार यस्को विद्युतीय मेसिनबाट तथ्यांक संकलन सुरु भएको छ । एक बजे लगतै मत गणनाको काम भएकाले ‘ढिलोमा पनि तीन बजेभित्र सबै परिणाम आउँने सुब्बाले बताए ।

सुब्बाका अनुसार ‘६९ वटा भोटिङ मेसिनमा मत रेकर्ड भएको छ । हरेक मेसिनबाट रेकर्ड संकलन गर्ने काम भइरहेको छ । सबै मेसिनबाट आएको तथ्यांकलाई जोडेर कुन उम्मेदवारले कति मत ल्यायो भन्ने थाहा हुन्छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउन सुब्बाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्