Logo
Logo

कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत


315
Shares

सुर्खत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा शाहीले मुख्यमन्त्री शाही विश्वासको मत मागेका हुन् ।

मुख्यमन्त्री बनेको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री शाहीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगीत गरिएको छ ।

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ३५ सदस्यीय कर्णाली प्रदेशसमामा मुख्यमन्त्री शाहीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ ।

उनलाई नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र नेकपा एकीकृत समाजवादीका ३ सांसदले विश्वासको मत दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्