Logo
Logo

आजबाट सर्वोच्चमा गोला प्रथा प्रक्रियाद्वारा पेसी


1.3k
Shares

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । गोला प्रथा बाट नेपालको सर्वोच्च न्यायालयमा इतिहासमा पहिलो पटक पेसी तोकिने भएको बताइएको छ ।

गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भए पछि गएको कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू पनि इजलासमा फर्किँने भएका छन् । उनीहर न्यायाधीशहरु ३७ दिनपछि इजलास फर्किन लागेका हुन् । गत कात्तिक १४ गतेदेखि नेपाल बार सहित सर्वोच्चका कानुन व्यावसायिहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै आन्दोलन रत छन् ।

एक न्यायाधीशका अनुसार गोला प्रथामा सुरुमा न्यायाधीशहरूले गोला तानेर आफ्नो इजलासका लागि सहकर्मी न्यायाधीश छनोट गर्नेछन् । उपस्थित न्यायाधीशको संख्याका आधारमा इजलास टुंगो लागिसकेपछि इजलासले कुन मुद्दा हेर्ने भन्ने निर्धारण गर्न अर्को गोला तानिनेछ । यसरी पेसी तोक्दा कुन मुद्दा कुन न्यायाधीशको इजलासमा दिने भन्ने प्रधानन्यायाधीशको स्वविवेकीय अधिकारमा कटौती हुनेछ  । आज संवैधानिक इजलास, संयुक्त इजलास र एकल इजलास बस्ने दिन हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका कारण आज उनी अदालतमा अनुपस्थित हुने छन् । आज कायममुकायम प्रधानन्यायाधीशका रूपमा दीपककुमार कार्कीको नेतृत्वमा संवैधानिक इजलास बस्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्