Logo
Logo

कांग्रेस महाधिवेशन : रसुवाको सभापतिमा तामाङ सर्वसम्मत


1.1k
Shares

रसुवा । नेपाली कांग्रेस रसुवाको १४आँै जिल्ला अधिवेशनले पेम्बाछिरिङ तामाङलाई सभापतिमा पुनः सर्वसम्मत चयन गरेको छ । उहाँ यसअघि पनि पार्टीको जिल्ला सभापति हुनुहुन्थ्यो ।

मङ्गलबार सम्पन्न जिल्ल अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि २६ तथा प्रदेश अधिवशेन प्रतिनिधिमा ३६ जना छनोट गरेको छ । मुख्य निर्वाचन अधिकृत शर्मिला थापाका अनुसार उपसभापतिमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा र लक्ष्मण देवकोटा तथा सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चयन भएका छन् ।

यसैगरी केन्द्रिय महाधिवेशन प्रतिनिधिमा मोहन आचार्य, लामाकार्पू तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौऔदी तामाङ, मङ्गले तामाङ, उपेन्द्र लम्साल, केदारप्रसाद देवकोटा, राजु तितुङ, हरिकृष्ण देवकोटा, दावा मेन्दो तामाङ, चन्द्रकुमारी पनेरु, सार्किवुट्टी तामाङ, सुनितामाया गुरुङ, डुदार्के तामाङ, छिरिङ फिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सिता तामाङ, शशि अधिकारी, सरला देवकोटा, नुर्वूसाङ्बो घले र अनिल भुषाल सर्वसम्मत चयन भएका छन् ।

यस्तै प्रदेशसभा ‘क’ को सभापतिमा श्यामकुमार गुरुङ सर्वसम्मत छनोट हुनुभएको छ । उपसभापतिमा रिक्चेन तामाङ र राजकुमार घले, सचिवमा एमबी लामा थोक्रा र तारानाथ पौडेल तथा सहसचिवमा राजु तामाङ र विशाल घले सर्वसम्मत चयन भएका छन् । प्रदेशसभा ‘ख’ को सभापतिमा बुचुङ तामाङ, उपसभापतिमा लाक्पा कामी तामाङ र सिङ्गी लामा, सचिवमा निलनाथ आचार्य र खुवाबहादुर तामा तथा सहसचिवमा सुदिप गुरुङ र राजु तामाङ सर्वसम्मत छनोट भएका छन् ।

यसैगरी प्रदेशसभा ९क० बाट क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा जयराम देवकोटा, तेम्पानुर्पू तामाङ, डिलबहादुर मोक्तान, प्रशुनराज गुरुङ, ओमबहादुर घले, दावा ग्याल्सेन तामाङ, अनिल थिङ तामाङ, अन्जिता तामाङ, अमृता पौडेल, बिबिरानी तामाङ, फुर्पू ग्याम्जो तामाङ, कामीसिदार तामाङ, कुमार ग्याम्दाङ, सानुमाया तितुङ, कर्मो तामाङ, दुर्गानाथ न्यौपाने, भोजबहादुर विक, गोरमेन नेकोर तामाङ सर्वसम्मत चयन भएका छन् ।

प्रदेशसभा ९ख० बाट क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा इश्वरलाल श्रेष्ठ, बुद्धिबहादुर ढकाल, सुनिलकुमार पौडेल, सुदर्शनकुमार पौडेल, निर्मल विक्रम गोले, धनबहादुर गुरुङ, अभिनाश तामाङ, मनकला थापा मगर, शेषकुमारी अधिकारी, सोनाम घले, मकरकुमार तामाङ, उदय लामा, विद्यालक्ष्मी श्रेष्ठ, उचिमाया तामाङ, रमेशकुमार न्यौपाने, सुमित्रा पौडेल, साङतेम्पा तामाङ घले र प्रेमबहादुर विक सर्वसम्मत छनोट भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्