काठमाडौं । सरकारले फिल्म हलहरुको नविकरण मिनाहा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र निर्माण, प्रदर्शन र वितरण सातौँ संसोधन नियमावली २०७८ संसोधन स्वीकृत गर्दै कोरोना महामारीका कारण प्रभावित फिल्म हल नवीकरण मिनाहा गर्ने निर्णय गरेको हो ।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन बजेटमार्फत महामारी प्रभावित फिल्म हलहरुको नवीकरण शुल्क मिनाहा गर्ने योजना ल्याएको थियो ।
सरकारको यो निर्णयबाट ५० भन्दा बढी हल लाभान्वित हुने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । प्रत्येक ४ वर्षमा फिल्म हल नविकरण गर्नुपर्ने प्रावधान छ ।